कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।

अध्यक्ष ठाकुरलाई भेट्न आइतबार नेता पौडेल उनकै निवास हात्तिवन पुगेका हुन् । भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिए ।

उनले भने,‘पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’

भेटघाटका बारेमा थप नखुलाएका पौडेलले सरकार गठनका लागि पहल गर्न आग्रह गरेको जनाइएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप वरिष्ठ नेता पौडेलले राजनीतिक भेटघाट शुरु गरेको हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ३१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि