कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।

अध्यक्ष ठाकुरलाई भेट्न आइतबार नेता पौडेल उनकै निवास हात्तिवन पुगेका हुन् । भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिए ।

उनले भने,‘पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’

भेटघाटका बारेमा थप नखुलाएका पौडेलले सरकार गठनका लागि पहल गर्न आग्रह गरेको जनाइएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप वरिष्ठ नेता पौडेलले राजनीतिक भेटघाट शुरु गरेको हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ३१ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा