बलिउड अभिनेत्री शशिकलाको निधन « Khabarhub

बलिउड अभिनेत्री शशिकलाको निधन


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ७० को दशकको चर्चित अभिनेत्री शशिकलाको आइतबार निधन भएको छ । ९४ वर्षीया अभिनेत्रीले शुक्रबार दिउँसो दुई बजे निधन भएको हो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले करिब सय बलिउड फिल्ममा काम गरेकी थिइन् । यद्यपि पछिल्लो दशकमा उनी बलिउडमा टाढिएकी थिइन् ।

उनको पूरा नाम शशिकला जावलर हो । उनी एक मराठी परिवारकी सदस्य हुन् । बलिउडमा अभिनयसँगै सुन्दरताले पनि लोकप्रियता कमाएकी यी अभिनेत्रीको जन्म अगष्ट ४, १९३४ मा भएको थियो ।

शशिकलाको जीवन निधै उतारचढावपूर्ण रह्यो । उनले फिल्ममा अभिनेत्रीसँगै नकारात्मक भूमिकामा आफूलाई प्रस्तुत गरिन् ।

अभिनेत्री बन्नुअघि उनले बाध्यताले विभिन्न व्यक्तिको घरमा सहयोगीको रुपमा काम गरेकी थिइन् ।

शशिकलाको पहिलो फिल्म ‘जीनत’ थियो, जसलाई नूर जहाँका पति शौकत रिजवीले बनाएका थिए । यो फिल्मका लागि उनले २५ रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।

फिल्ममा सफलता पाउदै गएपछि उनले अभिनेता केएल सहगलका आफन्त ओमप्रकाश सहगलसँग विवाह गरिन् । दुई छोरीलाई जन्मदिएपछि ओमप्रकाश र शशिकलाको झगडा भयो ।

शशिकलाले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

फिल्मसँगै उनले टेलिभिजन अभिनयलाई पनि निरन्तरता दिएकी थिइन् । नउी प्रख्यात सिरियल ‘सोन परी’मा फ्रूटीको हजुरआमाको भूमिकामा देखिएकी थिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ३५ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६