बलिउड अभिनेत्री शशिकलाको निधन « Khabarhub

बलिउड अभिनेत्री शशिकलाको निधन


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ७० को दशकको चर्चित अभिनेत्री शशिकलाको आइतबार निधन भएको छ । ९४ वर्षीया अभिनेत्रीले शुक्रबार दिउँसो दुई बजे निधन भएको हो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले करिब सय बलिउड फिल्ममा काम गरेकी थिइन् । यद्यपि पछिल्लो दशकमा उनी बलिउडमा टाढिएकी थिइन् ।

उनको पूरा नाम शशिकला जावलर हो । उनी एक मराठी परिवारकी सदस्य हुन् । बलिउडमा अभिनयसँगै सुन्दरताले पनि लोकप्रियता कमाएकी यी अभिनेत्रीको जन्म अगष्ट ४, १९३४ मा भएको थियो ।

शशिकलाको जीवन निधै उतारचढावपूर्ण रह्यो । उनले फिल्ममा अभिनेत्रीसँगै नकारात्मक भूमिकामा आफूलाई प्रस्तुत गरिन् ।

अभिनेत्री बन्नुअघि उनले बाध्यताले विभिन्न व्यक्तिको घरमा सहयोगीको रुपमा काम गरेकी थिइन् ।

शशिकलाको पहिलो फिल्म ‘जीनत’ थियो, जसलाई नूर जहाँका पति शौकत रिजवीले बनाएका थिए । यो फिल्मका लागि उनले २५ रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।

फिल्ममा सफलता पाउदै गएपछि उनले अभिनेता केएल सहगलका आफन्त ओमप्रकाश सहगलसँग विवाह गरिन् । दुई छोरीलाई जन्मदिएपछि ओमप्रकाश र शशिकलाको झगडा भयो ।

शशिकलाले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

फिल्मसँगै उनले टेलिभिजन अभिनयलाई पनि निरन्तरता दिएकी थिइन् । नउी प्रख्यात सिरियल ‘सोन परी’मा फ्रूटीको हजुरआमाको भूमिकामा देखिएकी थिइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ३५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले