हामीले बाल्यकालमा कितावमा मयुर प्वाख राख्थ्यौँ, आज सात फाइदा थाहा पाउनुहोस् « Khabarhub

हामीले बाल्यकालमा कितावमा मयुर प्वाख राख्थ्यौँ, आज सात फाइदा थाहा पाउनुहोस्


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मयुरको प्वाख सुन्दर हुनुका साथै हिन्दु धर्मालम्बीबीच पवित्र मानिन्छ । तर किन मयुरको प्वाख पवित्र मानिन्छ होला ? यसबारे धेरैमा जिज्ञासा हुनसक्छ ।

हिन्दुमाझ मयुरको प्वाख पवित्र मानिनुमा प्रसंग भगवानसंग जोडिएर पनि हो । भगवान श्रीकृष्ण आफ्नो शिरमा मयुर प्वाख लगाउने गर्दथे । साथै भगवान विष्णु र देवी लक्ष्मीमा समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत यो प्रिय मानिन्छ । यतिमात्र होइन भगवान कार्तिकेयको वहान पनि मयुर नै हो ।

मयुर प्वाख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मीक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ । के के छ त मयुर प्वाख घरमा राख्नुको फाइदा :

१. नकारात्मक ऊर्जालाई नष्ट गर्न घरको मुख्यद्धारमा मयुर प्वाख राखेर त्यस मुनि गणेशको प्रतिमा वा तस्बीर राख्न पर्दछ । यसो गरे घरमा सुख शान्ति प्राप्त हुने मान्यता छ ।

२. घरको पूजा कोठामा देवी देवताका साथै मयुरको प्वाख राख्नु अत्यन्त शुभ मानिन्छ । यसो गरे घरमा सुख–समृद्धि बनी रहने आर्थिक समस्या नहुने मान्यता छ ।

३. घरमा सकारात्मक ऊर्जा सञ्चार गराउन, परिवारका सदस्यबीचको समस्या नष्ट गर्न सम्बन्ध प्रगाढ बनाउन घरको बैठक कक्षमा मयुर प्वाख लगाउनु पर्दछ ।

४. प्रेमको प्रतीक पनि मानिने भएकाले वास्तुशास्त्र अनुसार २ वटा मयुर प्वाख बेडरूममा राख्नु पति पत्निका बीच आपसी तालमेल र प्रेम दिर्घायु हुने मान्यता छ ।

५. भगवान श्रीकृष्णको प्रिय बाँसुरीका साथ मयुर प्वाख राखेमा घरको वास्तु दोष निवारण हुने धार्मीक मान्यता छ ।

६. देवी सरस्वतीलाई समेत प्रिय मयुर प्वाख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा रोखमा बालबालिकालाई पढाईमा रुची बढ्ने मान्यता छ ।

७. घरमा जुन ढुकुटीमा रुपैयाँ पैसा वा गरगहना राखिन्छ त्यहा मयुर प्वाख राखेमा आर्थिक स्थितिमा सुधार हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : ३८ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो