‘राधे’: सलमानको करियरकै छोटो फिल्म « Khabarhub

‘राधे’: सलमानको करियरकै छोटो फिल्म


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को रिलिज मिति नजिकिँदैछ । महंगो बजेटको यो फिल्मले कोभिडको महामारीका समयमा कस्तो व्यापार गर्ला भन्ने चासो फिल्मजगतमा छ ।

बलिउड हंगामा प्रकाशित समाचारअनुसार यो फिल्म थिएटरसँगै जीप्लेक्स डिजिटल प्लेटफममा एकसाथ रिलिज हुँदैछ । फिल्म मे १३ मा इदको अवसर पारेर रिलिज हुँदैछ ।

फिल्मले सेन्सर बोर्डबाट यूनिभर्सल/एडल्ट सर्टिफिकेट पाइसकेको छ । यो फिल्मको समयावधिका बारेमा एउटा नयाँ खबर बाहिर आएको छ । सलमानको ३० वर्षे बढी फिल्मी करियरमा सम्भवत यो फिल्म नै सर्वाधिक छोटो फिल्म हुनेछ ।

यसअघि सलमानका फिल्म दुई घण्टा माथिकै थिए । तर सलमानको ‘राधेः योर मस्ट वान्टेड भाइ’ ए सय १४ मिनेट अर्थात् एक घण्टा ५४ मिनेटको मात्र रहेको छ ।

फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफको पनि अभिनय छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : १५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा