साउदीको जेद्धामा २२ नेपाली अलपत्र « Khabarhub

साउदीको जेद्धामा २२ नेपाली अलपत्र

पीडित भन्छन– ट्वाइलेको पानी खान बाध्य छौँ



दोहा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जेद्धा पुगेका २२ नेपाली अलपत्र परेका छन् । जेद्धास्थित अलसाद बिजनेस एरपोर्ट सेर्बिसेजस कम्पनीमा २०१८ को जनावरीमा पुगेका उनीहरू अलपत्र परेको बताएका छन् ।

काठमाडौँमा रहेको स्काई-वे मेनेजमेन्ट म्यानपावरमार्फत गएका उनीहरू दुई बर्षको करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाउदाँ अलपत्र परेको एक भिडियो सन्देश मार्फत उनीहरूले बताएका छन् ।

२९ महिना भईसक्दा पनि घर नपठाएको र कम्पनीले काम गरेको पारिश्रमिक पनि नदिएको कारण आफूहरू भोकभोकै बस्न बाध्य भएको उनीहरूले बताएका छन् ।

कम्पनीले वेवास्ता तथा नेपालबाट पठाउने म्यानपावरले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरूको अवस्था दयनीय बनेको पीडितहरूले बताएका छन् । एउटै कोठा यति धेरै मानिस बस्नुपर्ने भएका कोरोना संक्रमण जोखिम बढेको उनीहरूको भनाइ रहेको छ ।

अलपत्र मध्ये केही विगत ८ महिनादेखि बिरामी भएको र कम्पनीले कुनै पनि उपचार नगर्दा समस्य थप जटिल बन्दै गएको बताएका छन् । ९ महिनादेखि भिसाविहीन भएका उनीहरू बाहिर हिडडुल गर्न समेत निस्किन सकेका छैन् । खाने पानीको नभएको कारण अहिले ट्वाइलेको पानी खान बाध्य भएको उनीहरूले बताएका छन् ।

विगत ३ महिनादेखि आफूहरूको उद्धार गरी स्वदेश फर्काउन जेद्धामा रहेको महाबाणिज्य दूतावासलाई पटक पटक अनुरोध गर्दा दूतावासले आश्वासन दिएर टार्ने गरेको उनीहरूले बताए ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, नेपाली दूतावास रियाद लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन समेत विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् । यता महाबाणिज्य दूतावासका अनुसार उनीहरूको बहिर्गमन भिसाको लागि कुराकानी भैरहेको र चाडै समस्या समाधान हुने जनाएको छ ।

साथै आवश्यक खानको व्यवस्था पनि गरिरहेको जनाएको छ। पछिल्लो समयमा कोरोना महामारीको करण देखाउदै साउदी, कुवेत लगायतका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूलाई कम्पनीले समयमा पारिश्रमिक नदिने, घर नपठाउने र काम पनि नदिई कोठामै राख्ने गरेका गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : ३२ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा