कंगनाको ट्वीटर ‘सस्पेण्ड’ « Khabarhub

कंगनाको ट्वीटर ‘सस्पेण्ड’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार पश्चिम बंगालको विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि अभिनेत्रीले केही विवादित ट्वीट गरेकी थिइन् । यसलाई लिएर उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

कोलकाता प्रहरीले कंगनाका विरुद्ध पश्चिम बंगालका मानिसहरुको भावनामाथि आहत पुर्याएको आरोप लगाएको छ । अधिवक्ता सुमीत चौधरीले इमेलमार्फत कोलकाता पुलिस कमिश्नर सौमेन मित्रालाई उजुरी पठाएका थिए ।

पश्चिम बंगालको चुनावपछि कंगनाले एउटा विवादास्पद ट्वीट गरेकी थिइन् ।

‘पश्चिम बंगालमा बंगलादेशी र रोहिंग्या बढी संख्यामा छन् । यसबाट प्रष्ट देखिन्छ कि हिन्दी त्यहाँ हिन्दु बहुमतमा छैनन् । तथ्यांक अनुसार बंगाली मुस्लिम निकै गरिब र बञ्चित छन् । राम्रो कुरा यो हो कि दोस्रो कश्मिर बन्न जाँदैछ’, उनले ट्वीटेकी थिइन् ।

चुनाव परिणामपछि भएको हिंसा पछि कंगनाले पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी छन् ।

अभिनेत्रीले राज्यमा भएको हिंसालाई लिएर एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनी रोएकी छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ३५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा