२ बच्चाकी आमाले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो « Khabarhub

२ बच्चाकी आमाले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ ।

भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे । उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्रमीसँग आपत्तती जनक अवस्थामा देखेपछि उनीहरुबीच झगडा भएको थियो । शाहिदाले चक्कुले श्रीमानको घाँटी रेटी हत्या गरेकी थिइन् ।

हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् । हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।

निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए । तीन दिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : १२ बजे

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै