जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग « Khabarhub

जनसम्पर्क समिति कतारद्वारा कोरोनाविरुद्धको लडाईमा ४ लाख आर्थिक सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : जनसम्पर्क समिति कतारले नेपालमा कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न आर्थिक सहयोग रकम नेपाल पठाएको छ ।

स्वदेशमा नागरिकहरू सामान्य उपचार नपाएर मृत्युवरण गर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोनाविरुद्धको लडाईमा स्वतफुर्त रूपमा सहयोग गरिरहेका बेला नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएको समितिका सभापति अजिज अलीले जानकारी दिए ।

सभापति अलीका अनुसार ३ लाख ५० हजार रुपैयॉ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्वमार्फत सहयोग गरेको बताए ।

कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको छ । संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको छ ।

एक महिना अघिमात्र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल पठाईसकेको छ ।

यस्तै, नेपालमा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाइरहेका छन् भने त्यो सहयोग रकम पनि चाँडै नेपाल पठाउने संकलन समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ५४ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको