युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा « Khabarhub

युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा  ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : २५ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको