अस्ट्रेलियामा दुई नेपाली क्लबको रक्तदान कार्यक्रम « Khabarhub

अस्ट्रेलियामा दुई नेपाली क्लबको रक्तदान कार्यक्रम


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानवेरा– अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट क्लब बुद्ध नेपलिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेप्लिज वल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा दुई क्लबका १६ खेलाडीले रक्तदान गरेको एसोसिएशनका सदस्य ललीत मल्लले जानकारी दिए ।

रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक सुरेश सुवेदी, विशाल बस्नेतले कोभिड कहरकाबीच रक्तदान गर्न पाएकोमा खुसी ब्यक्त गरे । खेलाडीहरूले आगामी दिनमा पनि रक्तदान जस्तो मानव जीवनसँग जोडिएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन ।

कोभिडका कारण रगतको अभाव देखिएपछि अस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्था तथा व्यक्तिले रक्तदान जारी राखेका छन् । यसअघि चितवन समाज अस्ट्रेलियाले पनि सिड्नीमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : २४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार