नेपालमा होण्डाको सिबी ३५० बाइकको लोकप्रियता बढ्दो, एक महिनामै सकियो स्टक « Khabarhub

नेपालमा होण्डाको सिबी ३५० बाइकको लोकप्रियता बढ्दो, एक महिनामै सकियो स्टक


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– होन्डा नेपालले हालै नेपाली बजारमा भित्र्याएको सिबी ३५० डिएलएक्स छोटो समयमै लोकप्रिय बनेको बताएको छ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले गत जेठ अन्तिम साता यो बाइक सार्वजनिक गरेको थयो । कम्पनीले पहिलो चरणमा बजारको लागि १ सय २० युनिट बाइक भित्र्याएको थियो।

आइतबारदेखि यो बाइकको स्टक सकिएको कम्पनीले जनाएको छ । होन्डा सिबी ३५० डिएलएक्स खरिद गर्न इच्छुक व्यक्तिले अब अगस्ट महिनासम्म कुर्नुपर्ने कम्पनीको भनाइ छ ।

रेट्रो लुक्समा भएको सिबी ३५० डिएलएक्समा ३५० सिसीको इन्जिन छ। नयाँ र पृथक विशेषताहरूले भरिपूर्ण यो बाइक सिंगल प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक र पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङमा उपलब्ध छ।

बाइकले ५ हजार ५ सय आरपिएममा २१.०७ पिएस पावर र ३ हजार आरपिएम ३० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।

बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच्, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता फिचरहरू छन्।

कम्पनीकाअनुसार नेपाली बजारमा सिबी ३५० डिएलएक्सको सुरूवाती मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ। उक्त मूल्यबारे केही समीक्षाहरू भएपनि कम्पनीका अनुसार यसमा भएको विशेषताका कारण यसको माग बढ्दो छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर