नेपालमा होण्डाको सिबी ३५० बाइकको लोकप्रियता बढ्दो, एक महिनामै सकियो स्टक « Khabarhub

नेपालमा होण्डाको सिबी ३५० बाइकको लोकप्रियता बढ्दो, एक महिनामै सकियो स्टक


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– होन्डा नेपालले हालै नेपाली बजारमा भित्र्याएको सिबी ३५० डिएलएक्स छोटो समयमै लोकप्रिय बनेको बताएको छ।

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले गत जेठ अन्तिम साता यो बाइक सार्वजनिक गरेको थयो । कम्पनीले पहिलो चरणमा बजारको लागि १ सय २० युनिट बाइक भित्र्याएको थियो।

आइतबारदेखि यो बाइकको स्टक सकिएको कम्पनीले जनाएको छ । होन्डा सिबी ३५० डिएलएक्स खरिद गर्न इच्छुक व्यक्तिले अब अगस्ट महिनासम्म कुर्नुपर्ने कम्पनीको भनाइ छ ।

रेट्रो लुक्समा भएको सिबी ३५० डिएलएक्समा ३५० सिसीको इन्जिन छ। नयाँ र पृथक विशेषताहरूले भरिपूर्ण यो बाइक सिंगल प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक र पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङमा उपलब्ध छ।

बाइकले ५ हजार ५ सय आरपिएममा २१.०७ पिएस पावर र ३ हजार आरपिएम ३० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।

बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच्, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता फिचरहरू छन्।

कम्पनीकाअनुसार नेपाली बजारमा सिबी ३५० डिएलएक्सको सुरूवाती मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ। उक्त मूल्यबारे केही समीक्षाहरू भएपनि कम्पनीका अनुसार यसमा भएको विशेषताका कारण यसको माग बढ्दो छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा