१ सय २७ किलो गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ « Khabarhub

१ सय २७ किलो गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– १ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सुचनाका आधारमा बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकेर चेक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ । अहिले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ३० बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच