१ सय २७ किलो गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ « Khabarhub

१ सय २७ किलो गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– १ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सुचनाका आधारमा बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकेर चेक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ । अहिले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ३० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज