क्रिकेट एकेडेमी खोलेर देशभर सञ्जाल पुर्‍याउने पारस खड्काको योजना « Khabarhub

क्रिकेट एकेडेमी खोलेर देशभर सञ्जाल पुर्‍याउने पारस खड्काको योजना


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए ।

मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने पनि दाबी गरे ।

नेपाली क्रिकेटको उज्वल भविष्यका लागि आफू लागेको बताउँदै उनले अहिले खेलाडी भएर काम गरेको र आगामी दिनमा व्यवस्थापनका क्षेत्रमा पनि आउन चाहेको बताएका छन् । राजनीतिक क्षेत्रमा पनि तपाईंको हात हुनेछ भन्ने प्रश्नमा उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको बताए । उनले भने, ‘राम्रो अवसर आयो भने राजनीतिमा पनि हुनसक्छु ।’

उनले भने, “दुई वर्ष अघिदेखि नै मैले सन्यासको योजना बनाएको थिए। अहिले आएर निर्णय गरे। खेलाडीका रूपमा जति गर्न सक्थे त्यो गरे। अब व्यवस्थापनबाट क्रिकेटमा जोडिने छु। त्यसका लागि चुनौती छ। सजिलो छैन। तर म उत्साहित छु।”

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर शुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु