बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस अब नेपाली बजारमा, मूल्य कति ? « Khabarhub

बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस अब नेपाली बजारमा, मूल्य कति ?


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबि ३५० आर एस शनिबार सार्वजनिक गरेको हो ।

नेपालमा होण्डा सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस आर बि ३५० आरएसले पनि नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरूमा उपलब्ध छ ।

यस बाइकको धेरै मध्येका केही विशेषताहरूमा एड्भान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज आदि रहेका छन् ।

नेपाली बजारमा यस सिबि ३५० आरएसको मूल्य रु ७ लाख ७५ हजार तोकिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ३० बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।