पहिरोले खानेपानी आयोजनाको पाइप बगायो | Khabarhub Khabarhub

पहिरोले खानेपानी आयोजनाको पाइप बगायो


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिरोले बगाएर क्षति पुगेको  छ ।

दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ ।

पहिरोले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूला ठूला ढुङ्गा थुप्रिएको छ ।

उनले भने, “२०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।” घटनास्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको उनले बताए । पहिरोको क्षतिबाट करिब रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेण्ड नौ लिटर रहेकोमा पहिराले अवरुद्ध बनाएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले एक दिन बिराएर पानी आपूर्ति गर्न सकिन्छ कि भन्ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए ।

पहिरोले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ ।

उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ । उक्त संस्थाले दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ ।

नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ ।

सहलगानीमा कूल रु २६ करोड १४ लाख ९३ हजार ५१८ को लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको छ । बर्सेनि बाढी पहिराले खानेपानीमा क्षति पुर्‍याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ

एनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

काठमाडौं– विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन

जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा