पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा « Khabarhub

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : १० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन