दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी-  कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा भ्यान र अटोरिक्सा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ ।

भ्यान सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् ।  चालक भने फरार रहेकाले उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : १० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र