बेलझुडीमा गौशाला सञ्चालन « Khabarhub

बेलझुडीमा गौशाला सञ्चालन


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो ।

यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताए । उनले भने, ‘अब गाई संरक्षणका लागि उपयुक्त आवास निर्माण गरिने र संरक्षण अभियानलाई क्रमिकरुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना छ ।’

गाईको दूधसँगै मलमूत्रको समेत व्यावसायिक प्रवद्र्धन गर्ने खालको योजना ल्याउनका लागि फाउण्डेशनले गुरुयोजना निर्माण गरिरहेको योगीले जानकारी दिए । उक्त गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गत सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए ।

नगरपालिकाका प्रमुख चौधरीले तुलसीपुर र घोराही उपमहानगरपालिका क्षेत्रका छाडा गाईलाई संरक्षकत्व प्रदान गर्न गौशालाको स्थापना भएको बताउँदै यसको उपयुक्त व्यवस्थापनका लागि दुवै उपमहानरपालिकाले आवश्यक सहयोग गरिने जानकारी दिए । उनले दीर्घकालीन रुपमा गौशाला सञ्चालनका लागि विशेष गुरुयोजना बनाउन पनि आग्रह गरे ।

गौशालाले बजारमा छाडारुपमा रहका गाई तथा गोरुको संरक्षणले सवारी दुर्घटनामा कमी आउनुका साथै राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास हुनेसमेत उनले बताए ।

गौशालाको सञ्चालनबाट नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुने तुलसीपुरका समाजसेवी सुरेश हमालले बताए ।

उनले राष्ट्रिय जनावर गाईको संरक्षण नहुँदा राष्ट्रियतामाथिकै अपमान भइरहेको उल्लेख गर्दै हरेक टोल समुदायमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष अनिल विष्टले गाई संरक्षणका लागि विश्वविद्यालयसँग जग्गा उपभोगको विधिवत्रुपमा सम्झौता भइसकेको जानकारी दिँदै संरक्षण केन्द्रमा छाडा गाईलाई संरक्षण दिएर राखिने बताए । बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ४० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर