नेकपा (एकीकृत समाजवादी)को राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व खनाललाई « Khabarhub

नेकपा (एकीकृत समाजवादी)को राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व खनाललाई


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथ खनाललाई सुम्पेको छ ।

नेकपा (एकीकृत समाजवादी)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो ।

नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव गर्दा ‘दक्ष प्रजापतिको टाउको’ भनि टिप्पणी गर्दै फरक मत राखेका खनालले पार्टी दर्ता गर्नुअघि चन्द्रागिरी सम्मेलनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट सम्बोधन गर्दै ‘जबजको युग समाप्त भएको’ घोषणा गरेका थिए ।

उनले नेकपा (एकीकृत समाजवादी)ले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए । १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई नेकपा (एकीकृत समाजवादी)ले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन नेतृत्वको जिम्मेवारी दिएको हो ।

खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधी गरेका डा. बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्काशित प्रकाश ज्वाला, महासचिवका दावेदारद्धय गंगालाल तुलाधार र विजय पौडेल, प्रदेश १ का मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, सम्भावित मन्त्रीका सूचीमा रहेका जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा छन् ।

मिति तय नभएको राष्ट्रिय सम्मेलनमा सो राजनीतिक प्रस्ताव पेश गर्ने उद्देश्यसहित खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन शुरु भएको हो । मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका खनालले एक महिनाभित्र राजनीतिक प्रतिवेदन तयार पारिसक्नु पर्ने समयसीमा तोकिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ३० बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन