२१ औं शताब्दीको जनवाद लागू नगर्दा पार्टी कमजोर भयो : जनार्दन शर्मा « Khabarhub

२१ औं शताब्दीको जनवाद लागू नगर्दा पार्टी कमजोर भयो : जनार्दन शर्मा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले ‘जनयुद्ध’ले स्थापित गरेको २१ औं शताब्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए ।

२१ औं शताव्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने बिषयलाई पार्टीले अब स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउँदै अब मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे । गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले अब मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।

माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने धारणा राखे । उनले बैचारिक राजनीतिक रुपमा पार्टी एकता गर्दा दिगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए ।

कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  २ : ४५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन