२१ औं शताब्दीको जनवाद लागू नगर्दा पार्टी कमजोर भयो : जनार्दन शर्मा « Khabarhub

२१ औं शताब्दीको जनवाद लागू नगर्दा पार्टी कमजोर भयो : जनार्दन शर्मा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले ‘जनयुद्ध’ले स्थापित गरेको २१ औं शताब्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए ।

२१ औं शताव्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने बिषयलाई पार्टीले अब स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउँदै अब मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे । गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले अब मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।

माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने धारणा राखे । उनले बैचारिक राजनीतिक रुपमा पार्टी एकता गर्दा दिगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए ।

कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  २ : ४५ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन