स्याङ्जाको लसर्घा बेँसीमा ‘एक घर, एक धारा’ जडान « Khabarhub

स्याङ्जाको लसर्घा बेँसीमा ‘एक घर, एक धारा’ जडान


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो ।

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना (वास) का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीले बताए ।

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेँसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए ।

“यो योजना आउनभन्दापूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो”, तातोपानी खानेपानी मर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले भने, “त्यो पनि पर्याप्त थिएन घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।”

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाले बताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ ।

“खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ”, अध्यक्ष थापाले भने, “घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीय हर्षित पनि छन् ।”

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खानेपानी तथा सिँचाइका लागि पानीको समस्या भएकाले गाउँपालिकाले खानेपानी तथा सिँचाइका लागि योजना अगाडि बढाइरहेको छ । केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा रहेका वास संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १६ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी