सूर्य थापाले वामदेवलाई भनेः प्रचण्डकी सानाआमाका साख्खै छोरा जस्तै « Khabarhub

सूर्य थापाले वामदेवलाई भनेः प्रचण्डकी सानाआमाका साख्खै छोरा जस्तै


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वामदेव गौतमले एमाले त्यागेपछि एमालेका नेताहरुले उनीमाथि कटाक्ष गर्न थालेका छन् । यसैक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले गौतमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी सानीआमाका साख्खै छोरा जस्तै भन्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा गौतमका विभिन्न तस्वीरहरुसहित एक पोस्ट लेख्दै कटाक्ष गरेका हुन् ।

उनले गौतमलाई अस्थिर व्यक्तिसमेत भनेका छन् । उनले गौतमले दिनमा तीनथरी कुरा गर्ने गरेको भन्दै अहिले एमाले त्यागेपछि एक व्यक्तिमा सिमित भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘‘उनी एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताको हिसाबले यिनी पुषपकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४–५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो ? यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)को एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पुर्याएर आज स्वयं किनारा लाग्न पुगे रु अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ?
सही उत्तर मिलाउनुहोस ?’

गौतमले शुक्रबार एमालेको उपाध्यक्षसमेत सबै जिम्मेजारीबाट राजीनामा दिएका थिए । गौतमले राजीनामा दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोपहरु लगाएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र