गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण « Khabarhub

गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री खाँणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । सो अवसरमा उनले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताए ।

बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए ।

कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका