१५७ घरमा ‘एक घर, एक धारा’ | Khabarhub Khabarhub

१५७ घरमा ‘एक घर, एक धारा’


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नम्बर २ को लसर्घा बेँसीका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो ।

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना ९वास० का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीले बताए ।

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बँेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । “यो योजना आउनभन्दापूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो”, तातोपानी खानेपानी मर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले भने, “त्यो पनि पर्याप्त थिएन घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।”

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाले बताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ ।

“खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ”, अध्यक्ष थापाले भने, “घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीय हर्षित पनि छन् ।”

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खानेपानी तथा सिँचाइका लागि पानीको समस्या भएकाले गाउँपालिकाले खानेपानी तथा सिँचाइका लागि योजना अगाडि बढाइरहेको छ । केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा रहेका वास संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : १० बजे

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक