लुम्बिनीको नयाँ सरकारले पोखरेल सरकारको बजेट परिमार्जन गर्ने « Khabarhub

लुम्बिनीको नयाँ सरकारले पोखरेल सरकारको बजेट परिमार्जन गर्ने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् । शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जनसहित गठबन्धनको सरकारले नयाँ बजेट ल्याउने बताए ।

उनले जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताए । एक वर्षभित्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले काम थालेको उनको भनाइ छ । उनले अहिले बनेको गठबन्धनको सरकारले राजनीतिक रंगको आधारमा नभई आम नागरिकको चाहना र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिएर काम गर्ने जिकिर गरे ।

मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको चाँडै व्यवस्था गर्ने जानकारी दिए । केसीले यसअघिको सरकारले जनतालाई झूटो आश्वासन मात्र बाँडेर प्रदेश र स्थानीय तहको औचित्य नै समाप्त पार्न खोजेको आरोप लगाए ।

केसीले प्रदेश सरकारलाई असफल बनाउन प्रतिगमनकारी लागिरहेको बताउँदै यस्ता शक्तिलाई परास्त पार्न प्रदेश सरकारले जनताको मुहार बदल्ने जनमुखी कार्यक्रम ल्याउने योजना अघि सारेको बताए ।

 

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ५० बजे

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान