लुम्बिनीको नयाँ सरकारले पोखरेल सरकारको बजेट परिमार्जन गर्ने « Khabarhub

लुम्बिनीको नयाँ सरकारले पोखरेल सरकारको बजेट परिमार्जन गर्ने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् । शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जनसहित गठबन्धनको सरकारले नयाँ बजेट ल्याउने बताए ।

उनले जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताए । एक वर्षभित्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले काम थालेको उनको भनाइ छ । उनले अहिले बनेको गठबन्धनको सरकारले राजनीतिक रंगको आधारमा नभई आम नागरिकको चाहना र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिएर काम गर्ने जिकिर गरे ।

मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको चाँडै व्यवस्था गर्ने जानकारी दिए । केसीले यसअघिको सरकारले जनतालाई झूटो आश्वासन मात्र बाँडेर प्रदेश र स्थानीय तहको औचित्य नै समाप्त पार्न खोजेको आरोप लगाए ।

केसीले प्रदेश सरकारलाई असफल बनाउन प्रतिगमनकारी लागिरहेको बताउँदै यस्ता शक्तिलाई परास्त पार्न प्रदेश सरकारले जनताको मुहार बदल्ने जनमुखी कार्यक्रम ल्याउने योजना अघि सारेको बताए ।

 

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ५० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले