कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित « Khabarhub

कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुको वडा अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको मायादेवी गाउपालिका वडा नं ३ फुलिकाकामा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा वडा अधिवेशन अनिश्चित बनेको हो ।

कांग्रेस पार्टीमा प्रबेश गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह , राष्ट्रिय सभा सदस्य दिर्ग नारायन पाण्डेय र राजेश बहादुर सिंहले सिफारिस गरेका क्रियाशील सदस्यमा पनि विवाद भएको छ ।
बाँकी विवाद मिलिसकेको तर फुलिकामा वडा समितिद्वारा सिफारिस भएको नामहरु , क्षेत्रीय समितिले सिफारिस गरेर जिल्ला समितिले केन्द्रमा पठाउँदा दोस्रो संबिधानसभाको चुनावमा कांग्रेसका बागी उम्मेदवार भै चुनाव जितेका समानुपातिक सांसद तथा पार्टी केन्द्रीय सदस्य अतहर कमाल मुसलमानको हस्तक्षेपले अधिवेशन हुन नसकेको स्थानीय नेताहरुको भनाइ रहेको छ।

सांसद कमाल जिल्लामा रहँदा पौडेल गुटमा रहने र केन्द्रमा फाइदा लिने बेलामा देउवाको नजिक हुने गरेकोसमेत आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख