राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान « Khabarhub

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जसपा विभाजनपछि पहिलो पटक संसदको अधिवेशन बोलाइएको छ । सो अध्यादेश संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर सरकार सो अध्यादेश निष्क्रिय बनाउने तयारीमा रहेकाले २३ भदौमा सो अध्यादेश पेश हुन्छ कि हुँदैन भन्ने चासो छ ।

सरकारले ल्याएको अध्यादेशका कारण एमाले विभाजन सहज भएकाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमाले र सरकारबीच सदनमा टकरावको स्थिति देखिने सम्भावना छ । त्यसमाथि सभामुख अग्नि सापकोटा र एमालेबीच विवाद रहेकाले पनि सदन सहज रुपमा चल्नेमा आशंका छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : १५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र