राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान « Khabarhub

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को बैठक आह्वान


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जसपा विभाजनपछि पहिलो पटक संसदको अधिवेशन बोलाइएको छ । सो अध्यादेश संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर सरकार सो अध्यादेश निष्क्रिय बनाउने तयारीमा रहेकाले २३ भदौमा सो अध्यादेश पेश हुन्छ कि हुँदैन भन्ने चासो छ ।

सरकारले ल्याएको अध्यादेशका कारण एमाले विभाजन सहज भएकाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमाले र सरकारबीच सदनमा टकरावको स्थिति देखिने सम्भावना छ । त्यसमाथि सभामुख अग्नि सापकोटा र एमालेबीच विवाद रहेकाले पनि सदन सहज रुपमा चल्नेमा आशंका छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : १५ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण