सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा « Khabarhub

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए ।

मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वानसमेत गरे । उनले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री देउवाले निवर्तमान सचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीले जनतालाई दिने प्रभावकारी एवं चुस्त सेवासँग सरकारको सफलता गाँसिएको बताउँदै त्यसतर्फ इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरेका थिए । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका पदाधिकारी, पूर्वअध्यक्षहरूको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : १५ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा