शाहरुखको मन्नतमा ‘सर्च अपरेसन’को तयारी « Khabarhub

शाहरुखको मन्नतमा ‘सर्च अपरेसन’को तयारी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)–अभिनेता शाहरुख खानका छोरा आर्यनसहित आठ व्यक्तिलाई मुम्बईको एक क्रुजको रेव पार्टीमा लागुऔषधको प्रयोग गरेको आरोपमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेपछि एनसीबीले छापामार्ने अभियान तिब्र बनाएको छ ।

मुम्बईले आरोपितको घरमा सर्च अपरेसनलाई तिब्र गतिमा अगाडि बढाइरहेको छ । एनसीबीका अनुसार लागुऔषध दुव्र्यसनको आरोपमा पक्राउ गरिएपछि एनडीपीएस कानूनमा हरेक आरोपीको घरमा अनुसन्धान गर्नुपर्ने प्रावधान छ । जसअनुसार अहिले सबैको चासो के एनसीबीले शाहरुखको मुम्बईस्थित मन्नतमा पनि ‘सर्च अपरेसन’ गर्छ त ? भन्नेमा छ ।

पक्राउ परेका ८ आरोपी अलग–अलग जहाजमा क्रुजमा पुगेका थिए । आठ आरोपीबाहेक अन्य व्यक्तिहरु छापामारी हुने सूचना पाएपछि फरार भएको एनसीबीले उल्लेख गरेको छ । अहिले एनसीबीले छापामारेको स्थानबाट अझ ठूलो गिरफ्तारी हुने अनुमान गरिएको छ ।

आर्यनका सबैभन्दा नजिकका साथी अरबाज मर्चेन्टले लागुऔषध कहाँबाट ल्याउथे भन्ने कुराको सूचना एनसीबीले पाइसकेको छ । आइतबार आर्यनले एनसीबीकै मेसको खाना खाएका छन् । उनलाई बाहिरको कुनै पनि खानेकुरा खान दिइएको छैन ।

पक्राउ परेकी मुनमुन धमेचा दिल्लीकी मोडल हुन् । जो ठूला ब्राण्डका लागि मोडलिङ गर्छिन् र क्रुजमा उनी चरेस सेवन गरिरहेकी थिइन् । पक्राउ परेका इश्मित चड्डा दिल्लीका एक ठूला व्यापारी हुन् । त्यस्तै मोहक जायसवाल पनि दिल्लीका ठूला व्यापारी हुन् ।

अर्का गोमित चोपडा नाम चलेका हेयर स्टाइलिस्ट हुन् र उनी दिल्लीको योजना विहारमा बस्छन् । गोमितकी आमाले आइतबार उनीसँग मुम्बईको एनसीपी भवनमा भेटेकी थिइन् ।

अर्का आरोपी विक्रान्त दिल्लीको एक निजी कम्पनीमा प्रोडक्टिभिटी हेड पदमा कार्यरत छन् । त्यस्तै सजीता नूपुर दिल्लीकी व्यापारी हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : २५ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६