शाहरुखको मन्नतमा ‘सर्च अपरेसन’को तयारी « Khabarhub

शाहरुखको मन्नतमा ‘सर्च अपरेसन’को तयारी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)–अभिनेता शाहरुख खानका छोरा आर्यनसहित आठ व्यक्तिलाई मुम्बईको एक क्रुजको रेव पार्टीमा लागुऔषधको प्रयोग गरेको आरोपमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेपछि एनसीबीले छापामार्ने अभियान तिब्र बनाएको छ ।

मुम्बईले आरोपितको घरमा सर्च अपरेसनलाई तिब्र गतिमा अगाडि बढाइरहेको छ । एनसीबीका अनुसार लागुऔषध दुव्र्यसनको आरोपमा पक्राउ गरिएपछि एनडीपीएस कानूनमा हरेक आरोपीको घरमा अनुसन्धान गर्नुपर्ने प्रावधान छ । जसअनुसार अहिले सबैको चासो के एनसीबीले शाहरुखको मुम्बईस्थित मन्नतमा पनि ‘सर्च अपरेसन’ गर्छ त ? भन्नेमा छ ।

पक्राउ परेका ८ आरोपी अलग–अलग जहाजमा क्रुजमा पुगेका थिए । आठ आरोपीबाहेक अन्य व्यक्तिहरु छापामारी हुने सूचना पाएपछि फरार भएको एनसीबीले उल्लेख गरेको छ । अहिले एनसीबीले छापामारेको स्थानबाट अझ ठूलो गिरफ्तारी हुने अनुमान गरिएको छ ।

आर्यनका सबैभन्दा नजिकका साथी अरबाज मर्चेन्टले लागुऔषध कहाँबाट ल्याउथे भन्ने कुराको सूचना एनसीबीले पाइसकेको छ । आइतबार आर्यनले एनसीबीकै मेसको खाना खाएका छन् । उनलाई बाहिरको कुनै पनि खानेकुरा खान दिइएको छैन ।

पक्राउ परेकी मुनमुन धमेचा दिल्लीकी मोडल हुन् । जो ठूला ब्राण्डका लागि मोडलिङ गर्छिन् र क्रुजमा उनी चरेस सेवन गरिरहेकी थिइन् । पक्राउ परेका इश्मित चड्डा दिल्लीका एक ठूला व्यापारी हुन् । त्यस्तै मोहक जायसवाल पनि दिल्लीका ठूला व्यापारी हुन् ।

अर्का गोमित चोपडा नाम चलेका हेयर स्टाइलिस्ट हुन् र उनी दिल्लीको योजना विहारमा बस्छन् । गोमितकी आमाले आइतबार उनीसँग मुम्बईको एनसीपी भवनमा भेटेकी थिइन् ।

अर्का आरोपी विक्रान्त दिल्लीको एक निजी कम्पनीमा प्रोडक्टिभिटी हेड पदमा कार्यरत छन् । त्यस्तै सजीता नूपुर दिल्लीकी व्यापारी हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : २५ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ