सुदूरपश्चिममा ३६ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

सुदूरपश्चिममा ३६ कोरोना संक्रमित थपिए


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो ।

छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई/दुई र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो ।

गएको २४ घण्टामा प्रदेशभर २९ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा १५ जनामा सङ्क्रमणको पुष्टि हुँदा २९ जना निको भएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : २६ बजे

भोजपुर सिक्रेटारमा सिँचाइ पोखरी

भोजपुर– अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी

आजका समाचार : लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका, राहुलले छाडेको ठाउँमा प्रियंका उठ्ने

संसदीय समितिले थाल्यो छानबिन, बुझाइयो २० वटा समस्याग्रस्त सहकारीको फाइल

अमेरिकी पूर्वसभामुख पेलोसी भारतमा

काठमाडौं– अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने

बनेपामा शीत भण्डार निर्माण अलपत्र

काभ्रेपलाञ्चोक– बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

काठमाडौं– प्रभु बैंक लिमिटेडले आजबाट मुगुको छायानाथ रारा नगरपालिका,वडा नं.०२