दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला « Khabarhub

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँको नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३ औँ सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पारेका थिए। उनले कागको आवाज निकाल्न थालेपछि वरपरका रूख र आकाशबाट कागहरू सम्मेलनस्थलमा जम्मा भएका थिए । दुलालले १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दाबी गरिएको छ ।

नेपाली समाजमा कागलाई सन्देशवाहक चराका रूपमा लिने परम्परा छ । तिहारको पहिलो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गरी खानेकुरा दिने चलन छ । कागलाई खुसी पार्न सके अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ । त्यसैले यमपञ्चकको पहिलो दिन कागको विशेष पूजा गर्ने गरिन्छ । यस दिन बिहानै घरको छत, आँगन वा खुला स्थानमा पातमा भात तथा विभिन्न परिकार राखेर कागलाई बोलाउने र खुवाउने प्रचलन छ । 

कागले मानिसका सन्देश यमराजसमक्ष पुर्‍याउने धार्मिक विश्वाससमेत रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ४ : २२ बजे

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

किएभ- युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको

कीर्तिपुरमा लुम्बिनी र काठमाडौं भीड्ने

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन