फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधाका लागि क्षमाप्रार्थी छौँ « Khabarhub

फेसबुकले ट्वीटरमा लेख्यो- यथासक्य समस्या समाधान गर्छौँ, असुविधाका लागि क्षमाप्रार्थी छौँ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएपछि फेसबुकले यथासक्य समस्या समाधान गर्ने जनाएको छ ।

फेसबुक, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएपछि विश्वभरका प्रयोगकर्ता हैरानी भएका छन् ।

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका लाखौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएसँगै ट्वीटरमा  यसबारे विभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

यी सामाजिक सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

प्रयोगकर्ताहरूले फेसबुकमा समयस्या भएपछि रिपोर्ट गरेका थिए। ती रिपोर्टहरू प्राप्त भएको र त्यसमा काम भइरहेको फेसबुकले ट्विटरमा लेखेको हो।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ४४ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत