अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित « Khabarhub

अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् ।

बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३–१ ले विजयी भयो ।  १-० ले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले एक एक गोल गरे ।

यता, डर्टमण्डको लागि मार्को रेउसले पेनाल्टीमा गोल गर्दै ३७ मिनेटमा अग्रता बनाएका थिए ।

गएराति नै भएको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । स्पोर्टिङको एकोहोरो जितमा पेड्रो गोन्काल्भेसले दुई गोल तथा पौलिन्हो र पाब्लो सरवियाले एक एक गोल गरे ।

चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अजाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ । समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ । बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र