ओलीको क्यारिकेचर गर्दै नेपालले भने- ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’ « Khabarhub

ओलीको क्यारिकेचर गर्दै नेपालले भने- ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।

ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । हाम्रा विरोधी भनिनेहरु खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे । जब त्यहाँ १५ हजार मानिस ओर्लिए । दुई हजार मोटरसाइकल सडकमा कुद्न थाले । पूरा जिल्लामा तरंग पैदा गर्‍यो । सातो गएछ तिनीहरुको ।’

उनले थपे, ‘उनीहरुको कामै खिसिट्युरी गर्ने हो । गफडी जमात हो । त्यो बाहेक केही जानेकै छैन । काम गर्ने कम गफ गर्ने ज्यादा, गाउँघरमा यस्तालाई गफाडी भनिन्छ । हामी कामकाजी हौँ । विराटनगर मोरङमा पनि दुई हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए । सोचेको भन्दा पनि आकर्षण छ । कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ ।’

सबै ठाउँमा मान्छेहरु नयाँ पाटीबाट नयाँ ढंगले जान खोजेको उनको दाबी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ५० बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर