शाही मुख्यमन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन « Khabarhub

शाही मुख्यमन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेस हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा समिति, स्थानीय तह कार्य समिति र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।

यस्तै ताँजाको गाउँपालिका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्‍याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताए ।

मुख्यमन्त्री शाहीको जन्म थलो खार्पुनाथ गाउँ पालिकामा कांग्रेस पालिका कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सोही पालिकाका नेपाली कांग्रेस सभापति टक्कबहादुर शाहीले बताए ।

मंगलबार राति कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथसँगै कांग्रेस हुम्ला पार्टी कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सभापति धर्मराज रोकायाले बताए ।

मंगलबार साँझ समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेश भएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ५३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति