बसले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

बसले ठक्कर दिँदा एक जनाको मृत्यु


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट पर्वततर्फ आउँदै गरेको  ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी  गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : २५ बजे

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग

कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली

नेकपा बहुमतमा फेरि फुटको चिन्ता, विभाजनतर्फ धकेल्न खोजिएको गुनासो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र

हर्मुज तनावले विश्वव्यापी व्यापार आपूर्ति जोखिममा

एजेन्सी– इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि