कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित « Khabarhub

कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित भएको छ ।

प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित गरेकाे निर्वाचन समिति सदस्य अरुण यादवले बताए । सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहररूको नामावाली आउन सकेको छैन ।

त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइ सकेको र आइतबार सम्ममा जिल्लाका सबै तहका अधवेशन सम्पन्न हुने सम्भावना रहेको निर्वाचन समिति सदस्य यादवले बताए ।

रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि क्षेत्र नम्बर ४ का प्रतिधिनिहरूको नामावली शनिवार १२ बजेसम्मसम्म पनि प्राप्त हुन नसकेको उनले बताए । शनिवार रातीसम्म सर्लाही बाहेक सबै जिल्लाका नामावली प्राप्त हुने सम्भावना रहेको बताउँदै निर्वाचन सदस्य यादवले भने,‘२० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुे भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुनेछ ।’

प्रदेश अविधेशनमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र सशंका कोइराला समूहको आफ्नो समर्थन रहेको बताए ।

यता, कांग्रेसका युवा नेता तथा प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल धिमिरेले सबै क्षेत्रलाई समेट निर्वाचन गराउनु पर्ने माग गरेका छन् । प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिधिनि, क्षेत्रीय प्रतिनिधी, केन्द्रीय सदस्य गरी एक हजार आठ सय ८८ जना मतदाता रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १ : २१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक