फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो « Khabarhub

फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गोल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि मनाङ र स‌ंकटाले बराबरी २–२ गोलको बराबरी खेले ।

खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । उनले लक्ष्मण रुचालको फ्रि किकलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे । ३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्र्यान्कलिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे ।

७०औँ मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २–१ को अग्रता बनायो । लेफ्ट विंगबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए ।

९० मिनेट पछिको इन्जुरी समयमा क्यामरुनका डिफेण्डर टल्लाको गोलसँगै मनाङले हार टारेको हो । बराबरसँगै तीन खेलबाट ५ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको संकटा पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिदा दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि २–१ को जित दर्ता गरेको थियो ।

यता, मनाङको भने तीन खेलबाट ७ अंक जोड्दै मनाङ दोस्रो स्थानमा छ । मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो ।

आजै हुने दोस्रो खेल अपरान्ह ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ३ : ५० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको