एमाले इलामको अध्यक्षमा महेश बस्नेत « Khabarhub

एमाले इलामको अध्यक्षमा महेश बस्नेत


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ ।

एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा। देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए ।

यस्तै, बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु