सर्लाही–४ मा वडा अधिवेशन पनि हुन सकेन, देउवाले अलोकतान्त्रिक चरित्र देखाएको अमरेश सिंहको आरोप « Khabarhub

सर्लाही–४ मा वडा अधिवेशन पनि हुन सकेन, देउवाले अलोकतान्त्रिक चरित्र देखाएको अमरेश सिंहको आरोप


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठडमाडौँ– शनिबार देशका ६ वटा प्रदेशमा प्रदेश अधिवेशनको मतदान हुँदा सर्लाही–४ मा कांग्रेसको वडा अधिवेशन पनि हुन सकेको छैन । वडा अधिवेशनका क्रममा दुई दिन सर्लाही–४ मा गोलीसमेत चलेको थियो ।

त्यसपछि रोकिएको वडा अधिवेशन हुन नसकेको सो क्षेत्रका सांसदसमेत रहेका नेता अमरेश सिंहले बताए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर कब्जा गर्न खोजेको आरोपसमेत लगाए । उनले खबरहबसँग भने, ‘यो क्षेत्रलाई महाधिवेशनमा सहभागी नगराउने रणनीतिका साथ सभापति देउवाले अलोकतान्त्रिक चरित्र देखाउनु भएको छ । उहाँ पार्टी कब्जा गर्ने रणनीतिमा हुनुहन्छ।’

वडा अधिवेशन हुन नसकेपछि सो क्षेत्रमा प्रदेश क्षेत्र र संघीय क्षेत्रको अधिवेशन पनि हुन सकेको छैन । प्रदेश क्षेत्रीय अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधि र संघीय क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा प्रावधान छ । वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । सबैभन्दा तल्लो तह वडाकै अधिवेशन हुन नसकेपछि यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा अन्योलता देखिएको छ ।

सर्लाही–४ मा क्रियाशील सदस्यताकै विषयलाई लिएर यसअघि पार्टी कार्यालय सानेपामा धर्नासमेत भएको थियो । तर, सभापति देउवा पेलेरै अगाडि बढेका छन् ।
त्यस्तै रौतहट ४ को क्षेत्रीय अधिवेशन सम्पन्न भएर मतपरिणम आइसक्दा पनि विजयी उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गरिएको छैन । सभापति देउवा पक्षले हारेपछि त्यहाँ पनि विवाद गरेर प्रमाणपत्र वितरण रोकिएको नेता सिंहले दाबी गरे ।
यस्तै सप्तरी–४ मा पनि क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि विजयी उम्मेदवारले प्रमाण पत्र पाउन सकेका छैनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ५ : ५६ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट