दाहाल-नेपाल समूहको अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा « Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बयलगाडा प्रदर्शनदेखि पुत्ला दहनसम्मका कार्यक्रम


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (दाहाल-नेपाल समूह)को विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरूद्ध आन्दोलन घोषणा गरेको छ ।

अनेरास्ववियूले आज बिहान काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

पुस २१ अर्थात् आज मंगलबार सरू आन्दोलन २९ गते समापन हुनेछ । घोषित कार्यक्रममा मन्त्रीहरूलाई कालोझण्ड देखाउँनेदेखि बयलगाडा प्रदर्शनसम्म हुनेछन् ।

पुस २१ गते आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा हुने अखिलका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिटी/लाठी जुलुस प्रदर्शन हुनेछ।

त्यस्तै पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

हेर्नुहोस् विज्ञप्ति

 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ४६ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक