दाहाल-नेपाल समूहको अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बयलगाडा प्रदर्शनदेखि पुत्ला दहनसम्मका कार्यक्रम


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (दाहाल-नेपाल समूह)को विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरूद्ध आन्दोलन घोषणा गरेको छ ।

अनेरास्ववियूले आज बिहान काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

पुस २१ अर्थात् आज मंगलबार सरू आन्दोलन २९ गते समापन हुनेछ । घोषित कार्यक्रममा मन्त्रीहरूलाई कालोझण्ड देखाउँनेदेखि बयलगाडा प्रदर्शनसम्म हुनेछन् ।

पुस २१ गते आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा हुने अखिलका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिटी/लाठी जुलुस प्रदर्शन हुनेछ।

त्यस्तै पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

हेर्नुहोस् विज्ञप्ति

 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ४६ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,