ओलीले संघीयता असफल बनाउन संसद विघटन गरेको नेता पुनको आरोप « Khabarhub

ओलीले संघीयता असफल बनाउन संसद विघटन गरेको नेता पुनको आरोप


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुन ‘अनन्त’ले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरेका छन् ।

मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता पुनले संघीयता मन नपरेकै कारण असफल बनाउन प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले विशेष अधिकार र काम गर्न नदिएको विषय उठाएको भन्दै उनले पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न नपाईने तर्क गरे । पुनले संसद विघटन असंवैधानिक रहेको कुरा मन्त्रिपरिषदमा प्रधानमन्त्रीलाई जानकारी गराए पनि आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गरेको बताए ।

प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको समेत पुनले दाबी गरे ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ४८ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट