कानूनअनुसार हामी नेकपाको मूल पार्टी हौं, सूर्य चिन्ह हामीले पाउँछौँ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित) | Khabarhub Khabarhub

कानूनअनुसार हामी नेकपाको मूल पार्टी हौं, सूर्य चिन्ह हामीले पाउँछौँ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तरक्रियामा उनले प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गरेका हुन ।

श्रेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताए ।

पार्टीको नाम र चुनाव चिन्ह आफूहरुले नै पाउने दाबी गर्दै उनले यसमा कसैले दुविधा मान्न नहुने तर्क गरे । ओली सरकारविरूद्ध संयुक्त आन्दोलन गर्नेबारे पनि छलफल भइरहेको श्रेष्ठले बताए ।

त्यस्तै सो समूहका योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको आरोप लगाए । उनले नेकपाबीचको नभई अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताए ।

नेता भट्टराईले प्रतिगमनविरूद्ध प्रचण्ड नेपाल पक्षीय नेकपा, कांग्रेस, जसपालगायतको मोर्चाबन्दी हुने तयारी रहेको बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ४१ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको