दोहा- कतारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ ।
घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको एह्तराज हुनुपर्ने, घरभित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जनाभन्दा वढी भेला हुन नपाईने नियम लगाइएको छ ।
सार्वजनिक पार्क, सार्वजनिक तटहरू, कर्निसलगायत अन्य सार्वजनिक स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी गरेको छ ।
कतारले यसअघि जारी भएका कोभिड सुरक्षा सावधानीका कैयौँ नियमहरू बिहीबारदेखि पुनः लागू गरिएको जनाएको छ ।
सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण रुपमा पालना गर्न कतारमा कार्यरत रहेका नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।
जारी स्वास्थ्य सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघन गर्नेलाई २ लाख कतारी रियालसम्म जरिवाना तथा ३ वर्षसम्म कैद सजाय गर्ने पनि चेतावनी कतार सरकारले दिएको छ ।
प्रतिक्रिया