चितवनमा १८ मतदान केन्द्र थपिने « Khabarhub

चितवनमा १८ मतदान केन्द्र थपिने


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ ।

जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उनले बताए । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता रहेका थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उनले बताए । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली कार्यालयमा पठाउने उनले जानकारी दिए ।

स्थानीय तहमा गरिएको अद्यावधिक विवरण कार्यालयले फागुन २ गतेसम्ममा निर्वाचन आयोगमा पठाइसक्नेछ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनिक गर्दैछ ।

प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । आयोगले तोकेबमोजिम जिल्लास्थित तीन सङ्घीय निर्वाचन क्षेत्रमा रहेका ती विद्यालयमा शिक्षा दिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९०० भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम दिएको हो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : १५ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका